गान्तोक: २०८औँ भानु जयन्ती समारोहका विविध कार्यक्रमअन्तर्गत आइतवार रामायण पाठ प्रतियोगिताको आयोजन गरियो। नेपाली साहित्य परिषद् भवनमा आयोजन गरिएको खुल्ला एवम् विद्यालय स्तरको प्रतियोगितामा प्रतियोगीहरूले रोचक प्रस्तुति दिए। कार्यक्रमलाई मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार टीएन ढकाल अध्यक्षता गरेका थिए।
खुल्ला रामायण पाठ प्रतियोगितामा कृष्ण ढुङ्गेल एवम् साथीहरू प्रथम स्थान प्राप्त गर्न सफल भयो। यसैगरी दोस्रो स्थानमा प्रणिता शर्मा अनि तेस्रो मनिषा सेवा स्थानमा आएकी छन्। विद्यालय स्तरको रामायण पाठ प्रतियोगितामा देवराली सरकारी उच्चतर माध्यमिक विद्यालय प्रथम, सिच्छे उच्चतर माध्यमिक विद्यालय दोस्रो अनि बोझोघारी उच्चतर माध्यमिक विद्यालयले तेस्रो स्थान ओगटेका छन्। सभाध्यक्ष टीएन ढकालले आफ्नो सम्बोधनमा रामायणको महत्त्वमाथि प्रकाश पारेका थिए भने नेपाली साहित्य परिषद्का अध्यक्ष रुद्र पौड्यालले भानुभक्तुय रामायणको विशेषतामाथि प्रकाश पारे। अध्यक्ष पौड्यालले सबै प्रतियोगीहरूप्रति आभार व्यक्त गरे।
परिषद्ले हिजो कविता वाचन प्रतियोगिता आयोजन गरेको थियो। खुल्ला कविता पाठ प्रतियोगितामा कृष्ण ढुङ्गेल प्रथम, गोपाल पाठक दोस्रो र निलम गुरुङ तेस्रो बनेका छन्। विद्यालय स्तरको प्रतियोगितामा सिच्छे उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी पासङ छिरिङ तामाङ प्रथम, टाशी नामग्याल एकाडेमीका विद्यार्थी टिमाशा गौतम दोस्रो र मोर्डन उच्चतर माध्यमिक विद्यालयकी आशना कार्की तेस्रो स्थानमा आएकी छन्।