पश्चिम बंगालमा वज्रपातका कारण छजनाको मृत्यु

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालमा वर्षाबिच वज्रपातका कारण छजनाको मृत्यु भएको छ। उक्त प्राकृतिक घटना बांकुड़ा र पुरूलिया जिल्लामा आइतवार दिउॅंसोदेखि सॉंझ घटेको हो। राज्य आपदा प्रबन्धन विभागले उक्त जानकारी दिएको हो। विभागका एक अधिकारीले भने, पुरुलिया जिल्लाको पाड़ा थाना अन्तर्गत सकरा गाउॅंमा वज्रपातको चपेटमा परेर अंजन दास (१८) र सोमनाथ वैष्णव (१७) को मृत्यु भयो। पुरुलियाको रघुनाथपुर थाना अन्तर्गत सैनेडा गाउॅंको खेतमा काम गरिरहेकी लक्ष्मी नारायण बाउरी (४५) पनि वज्रपातको चपेटमा परेर मृत्यु भयो।

बांकुड़ाको छातना थाना अन्तर्गत पाताबड गाउॅंमा ६१ वर्षीय मीरा बाउरीको पनि गाई चराउन जॉंदा वज्रपातको चपेटमा परेर मृत्यु भयो। यसरी नै छाचनपुर गाउॅं छेउ नदी किनारमा माछा समात्न गएका एक २० वर्षीय युवक सागेन मुर्मूमाथि पनि अचानक वज्रपातमा परेर मृत्यु भयो। यसरी नै सालतोडा थाना क्षेत्रमा एक २७ वर्षकी शुकुरमनी सोरेनको पनि वज्रपातको चपेटमा परेर मृत्यु भएको छ। यस अतिरिक्त वज्रपातको चपेटमा परेर कम्तिमा चार जना घाइते भएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement