दार्जीलिङ: शिशिर तामाङले हाम्रो पार्टीको झण्डा समाएका छन्। विगत केही महिना अघि सम्पन्न भएको पञ्चायत चुनावमा निर्दलीय उम्मेद्वारहरूलाई विजय तुल्याउन शिशिर तामाङ अनि उनको टिमको अहम भूमिका रहेको थियो। शिशिर तामाङ अहिलेसम्म कुनै राजनैतिक दलहरूसँग जोडिएको थिएन तर कालेबुङ क्षेत्रमा शिशिर तामाङको छुट्टै परिचय र गरिमा भएको हुनाले गर्दा गत केही महिना अघि सम्पन्न भएको पञ्चायत चुनावमा शिशिर तामाङ अनि उनको टिमले छनौट गरेको निर्दलीय उम्मेद्वारहरूले भारी मतले जीत हासिल गरेको थियो। शिशिर तामाङलाई हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिताले आकर्षण गरेपछि आज उनले हाम्रो पार्टीमा सामेल हुने निर्णय लिन्दै पार्टीको झण्डा समाए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले शिशिर तामाङलाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पेका छन्।यसै क्रममा अध्यक्ष अजय एडवाडर्सले शिशिर तामाङ जस्तो समाज सेवी एंव प्रभावशाली ब्यक्ति आज हाम्रो पार्टीसंग जोडिएको छ अनि उनी हाम्रो परिवारको हिस्सा बन्न आएको छ यो हामी सबैको निम्ति सुखद क्षण हो। यसरी नै शिशिर तामाङले कालेबुङ ४२ नम्बर समष्टि अन्तर्गत समलबुङ निवासी रहेको बताए। हाम्रो पार्टीमा सामेल हुनलाई आफु समलबुङबाट दार्जीलिङ आएको आई पुगेको तिनले बताए। राज्य सरकारले पाँच डेसिमल पट्टाको बहानामा हामीलाई विस्थापित बनाउने कोशिषहरू गरिरहेको छ।

कालेबुङको राम्रो राम्रो जमीनहरू बाहिरोबाट आएकाहरूले किनेर हामीलाई अल्पसंख्यक बनाउने षड्यन्त्रहरू हुँदैछ तामाङले भने। पहाडमा भईरहेको यस्तो षड्यन्त्रहरूको विरोध जनाउन साथै पहाडलाई सुरक्षित राख्न नै आफु राजनीतिमा ओर्लिएको हो भन्ने तामाङले बताए।पहाडमा धेरै राजनैतिक दलहरू छन, रूपियाँ पैसाको पार्टी छ, ठेकादारहरूको पार्टी छ तर अहिलेसम्म यी राजनैतिक दलहरूले हाम्रो निम्ति र हाम्रो पहाडको निम्ति एक शब्द पनि बोलेका छैन तर अजय एडवाडर्स सत्तामा नहुदा पनि हाम्रो जाति र पहाडको हितमा बोल्दै आएको छ साथै जहिले पनि उनी जन सेवामा लागि परेको देख्दा आफु हाम्रो पार्टी र अध्यक्ष अजय एडवाडर्सप्रति आकर्षित भएको हो शिशिर तामाङले बताए।

उनले अघि भने मलाई माया गर्ने दार्जीलिङ,कालेबु²ङ मेरो जन्म स्थान समलबुङको बासिन्दाहरूले मेरो कदम र निर्णयलाई सही ठहराउनु हुन्छ भन्ने विषयमा आशाबादी छु भन्ने तामाङले बताए।











