आईसीडीएस सेन्टर भत्काएर जमिन दखल गरेको आरोपमा एकजना पक्राउ

IMG-20230904-WA0245.jpg

सिलगढी: सरकारी आईसीडीएस सेन्टर भत्काएर जमिन दखल गर्ने प्रयास गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउपछि आज तिनलाई जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम अब्दुल रहमान बताइएको छ। जानकारी अनुसार गत २ महिना अघि राजगञ्ज ब्लकको बिन्नगढी ग्राम पञ्चायत अन्तर्गत आकारीगछको आईसीडीएस केन्द्र भत्काइ दिएको अब्दुल रहमान नाम गरेको भूमाफिया विरुद्ध अभियोग उठेको छ। अब्दुल रहमान विरुद्ध आमबारी आउटपोस्टमा अभियोग दर्ता गरेपछि तिनले सुइँकुच्चा ठोकेको बताइएको छ। यसपछि आरोपी अब्दुल रहमानलाई पक्राउ गरेर कठोर सजाय दिनुपर्ने आईसीडीएस कर्मचारीहरूले माग गरे।

आमबारी आउटपोस्ट पुलिसले गत राति अकारीगछबाट अब्दुल रहमानलाई पक्राउ गरेपछि एनजेपी थाना पुलिसलाई सुम्पिदिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement