दुई सयभन्दा अधिक मानिसहरू भाजपा-मा सामेल

bha-1.jpg

कालेबुङ: भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समिति अन्तर्गत बोङ-डुङरा-सिन्देबुङ-पुदुङ मण्डलको तत्वावधानमा आयोजित एउटा कार्यक्रममा पुदुङ, सुङ्दुङ र खिमदुङ क्षेत्रका दुई सयभन्दा अधिकले मानिसहरूले पार्टीको झण्डा ग्रहण गरे। पार्टीमा सामेल हुनेहरूलाई उपस्थित जिल्ला स्तरीय भाजपा नेताहरूले पार्टीमा स्वागत जनाउँदै झण्डा प्रदान गरे। प्रेम राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई जिल्ला अध्यक्ष कल्याण देवान, उपाध्यक्ष शुभ प्रधान, महासचिव राजु थुलुङ राई लगायत अन्यले सम्बोधन गरेका थिए।

वक्ताहरुले गोर्खाको दीर्घ दिनदेखिको मांगमा भाजपाको प्रतिबद्धता रहेको दावी गर्नको साथै चियाबारीमा दिइने ५ डेसिमल चिया बगानको पट्टाको पनि विरोध जनाए।

About Author

Advertisement