सिलगढी: सिलगढीको वाईएमए क्लबले यस वर्ष पुजाले ७८औँ वर्षमा प्रवेश गरेको छ। आज वाईएमए क्लब मैदानमा खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि उक्त क्लबको दुर्गा पुजा विशेष आकर्षक रहनेछ। पुजा मण्डप मेजाज टाइ आसल राजाको थीममा बनाइनेछ। पुजा समितिका सदस्यहरूले बताएअनुसार उक्त क्लबको पुजा पण्डाल बाहेक मूर्ति पनि विशेष आकर्षक हुनेछ।