राजगञ्जका रबीउलको उपचारको लागि परिवारद्वारा सहयोगको गुहार

842e1ad6-ebec-4c4f-a379-762edcc7b2e9-1024x576.jpg

राजगञ्ज: राजगञ्ज खण्डको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत साहेबपाडा निवासी रबीउल इस्लाम ६ महिना अघि सडक दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएका थिए। तिनको उपचारको लागि जमिन तथा वाहन बेचे तापनि तिनी स्वस्थ भएका छैनन्। हाल तिनको उपचारको खर्च बेहोर्न नसकेपछि परिवारका सदस्यहरूले सबैसित सहयोगको गुहार लगाएका छन्। रबीउलको परिवारमा स्वास्नी, एउटा नानी, आमा-बाबु र भाइ छन्। तिनले पिकअप भ्यान चलाएर परिवारको भरण-पोषण गरिरहेका थिए। लगभग ६ महिनाअघि दुर्घटनामा परेर रबीउलको टाउको र शरीरमा गम्भीर चोट लागेपछि तिनलाई सिलगढीको एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ २२ दिनसम्म तिनको उपचार चलेपछि लगभग १३ लाख रुपियाँ बिल भएपछि परिवारका सदस्यहरूले जमिन र वाहन बेचेर उक्त बिल तिरेका थिए। यसपछि लगभग डेढ महिनासम्म तिनी उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा भर्ना रहे तापनि पूर्ण रूपमा स्वस्थ भएका छैनन्। तिनको राम्रो उपचारको लागि चिकित्सकहरूले बाहिर लैजाने परामर्श दिए तापनि परिवारका सदस्यहरूले उक्त खर्च वहन गर्न सक्दैनन्। यसैले तिनी हाल घरमा ओछ्यानमा छन्। यस्तो परिस्थितिमा रबीउलको परिवारले सबैसित सहयोगको गुहार लगाएका छन्। यदि कसैले सहयोग गर्न चाहेको खण्डमा ९६७९२५७३४६ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

About Author

Advertisement