गायक मिराज लेप्चाको दोस्रो म्युजिक भिडियो दुइ किनाराको दार्जिलिङमा लोकार्पण

IMG-20230903-WA0323.jpg

खरसाङ: खरसाङका एक युवा गायक मिराज लेप्चाको दोस्रो म्युजिक भिडियो दुइ किनाराको आज दार्जीलिङको एउटा होटलमा विधिवत् रूपमा लोकार्पण गरियो। अनिल विश्वकर्मद्वारा सञ्चालित कार्यक्रममा मुख्य अतिथिको रूपमा वरिष्ठ सङ्गीतकार तथा हिमालय कला मन्दिरका अध्यक्ष बसन्त छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा वरिष्ठ साहित्यकार, लेखक, गीतकार दल सिंह अकेला,गायिका हिरा रसाइली लगायत गायक मिराज लेप्चाका माता-पिता, धर्मपत्नी उपस्थित थिए। कार्यक्रममा स्थानीय गायक कलाकारहरू, सङ्गीतकार, शब्दकार आदिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा मुख्य एवम् विशिष्ट अतिथिहरूको बाहुलीबाट म्युजिक भिडियो दुइ किनाराको विधिवत् रूपमा लोकार्पण गरियो भने उक्त म्युजिक भिडियो पनि प्रदर्शन गरियो। दार्जीलिङकी प्रख्यात गायिका संगीता गुरुङको गायनबाट आरम्भ गरिएको कार्यक्रममा गायक मिराज लेप्चा लगायत अन्य गायक कलाकारहरूले मिठा-मिठा गीतहरू प्रस्तुत गरिएको थियो। मायङल्याङद्वारा निर्मित तथा मिराज लेप्चा अनि रचिता छेत्रीद्वारा अभिनित म्युजिक भिडियो तथा संगीत मिश्रण एजाज अहमदको रहेको औ सुकराज दुमीद्वारा छाँयाङ्कन गरिएको छ अनि साङ्गे भूटियाले निर्देशन गरेको तथा शब्द, संगीत अनि स्वर मिराज लेप्चा स्वयमको रहेको छ। उक्त गीत अनि म्युजिक भिडियो लोकार्पण समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथि दल सिंह अकेलाले अब नेपाली सङ्गीतले विदेशबाट विदेशी सङ्गीतकारहरूबाट सङ्गीतको पैँचो लिन पर्दैन। बरु विदेशलाई हामीले पैँचो दिन सक्छौँ भनी बताए। उनले हाम्रो नेपाली संगीत परिपक्व रहेको जनाउँदै यसको श्रेय आज उपस्थित सबै गायक, सङ्गीतकार, शब्दकारहरूलाई जाने बताए।

अकेलाले यो म्युजिक भिडियो निकाल्न सक्षम बनेकोमा गायक मिराज लेप्चा लगायत उनका परिवारजन तथा सम्पूर्ण टोलीलाई बधाई दिए। मुख्य अतिथि बसन्त छेत्रीले आज लोकार्पण गरिएको दुइ किनाराको गीत खूबै उत्कृष्ट रहेको औं मिराजको स्वरमा स्पष्टता रहेको तथा एजाज अहमदको संगीत मिश्रण पनि उत्तिकै उत्कृष्ट रहेको बताए। उनले यो सफलताको निम्ति म्युजिक भिडियोका सम्पूर्ण टोलीलाई बधाई दिए औ भविष्यमा मिराजद्वारा अझ यस्ता गीतहरूको सृजना भइरहोस् भनी कामना पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement