मल्ली पुलिसको पहलमा विभिन्न स्थानको सर सफाई

IMG-20230903-WA0319.jpg

गान्तोक: दक्षिण जिल्लाको मल्ली पुलिस थाना, बजार लगायत सडकहरूको आज व्यापकरूपमा सर सफाई गरियो। यस अवसरमा स्थानीयहरूको पनि सहभागिता रहेको थियो। यस महान कार्यमा समर्पित स्थानीय बासिन्दाहरू, स्वास्थ्य र विद्युत विभागका अधिकारी, पञ्चायत प्रतिनिधिहरू, स्थानीय निर्वाचित सदस्यहरू सहित सरोकारवालाहरूले पनि अंशग्रहण गरेका थिए।

यस अवसरमा दुईसय भन्दा मानिसहरूले सहभागिता जनाएका थिए भने सबैको सामहिक प्रयासको कारण मल्ली थाना लगायत मल्ली बजार वरिपिर सर सफाई आयोजना गर्न सफल बनेको बताइएको छ। सफाई टोलीले २-३ टन फोहोरको पर्याप्त संकलन गरेको जानकारी गराइएको छ। सर सफाईबाट जम्मा भएका सबै फोहोरलाई उचित व्यवस्थापनका लागि तत्काल र जिम्मेवारीपूर्वक ग्रामीण प्रशासन केन्द्रलाई हस्तान्तरण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement