प्रतिबन्धित कफ सिरफ र नशालु ट्याबलेट सहित एकजना पक्राउ

55e8ff94-9f01-422c-bf6a-0b1b56f91199-1024x576.jpg

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको भक्ति नगर थाना पुलिसले सिक्किममा मादक पदार्थ तस्करी गर्न अगावै १ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सिक्किम निवासी ३५ वर्षीय दीपेश तामाङको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार दीपेश तामाङले एउटा ब्यागमा धेरै मात्रामा प्रतिबन्धित कफ सिरफ र नशालु ट्याबलेट लिएर सिक्किम जानको लागि इस्टर्न बाइपासमा उभिरहेको खबर पाउनसाथ भक्तिनगर थाना पुलिसले अभियान चलाएर दीपेशलाई पक्राउ गरेको बताइएको छ। पुलिसले छानबीन गर्दा २६६४ पीस नशालु क्याप्सुल, १८० पीस नशालु ट्याबलेट र १९ बोतल प्रतिबन्धित कफ सिरफ उद्धार गरेको छ। पुलिसले पक्रा परेका दीपेशविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर कार्वाही शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement