अलिपुरद्वारमा तृणमूल पञ्चायत सदस्यलाई कुटपीट तथा बाइक जलाइदिएको भाजपाविरुद्ध अभियोग

Capture4-1.png

अलिपुरद्वार: तृणमूल पञ्चायत सदस्यलाई कुटपीट गर्नको साथै तिनको बाइक जलाइदिएको भाजपाविरुद्ध अभियोग उठेको छ। उक्त घटना अलिपुरद्वार १ नम्बर ब्लकको पातलाखावा ग्राम पञ्चायत इलाकामा घटेको हो। आरोप अनुसार तृणमूल कङ्ग्रेसका पञ्चायत सदस्य सफिउल मियाँ साहेबपोता बजारबाट घर फर्किरहेको समय बालाडाङ्गी इलाकामा केही दुष्कृतिहरूले तिनलाई कुटपीट गर्नको साथै बाइक जलाइ दियो। उक्त घटनापछि घाइते पञ्चायत सदस्यलाई अस्पतालमा भर्ना गरिएको छ। तृणमूल कङ्ग्रेस नेता तथा अलिपुरद्वार जिल्ला परि,दका सहकारी सभाधिपति मनोरञ्जन दे, तृणमूलका जिल्ला चेयरम्यान मृदुल गोस्वासी लगायत केही तृणमूल नेतृत्वहरू अस्पतालमा गएर घाइते पञ्चायत सदस्यसित भेट गरे। तृणमूलको आरोप अनुसार उक्त घटनामा भाजपा संलग्न रहेको छ। उक्त घटनाको प्रतिवाद जनाउँदै तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले सोनापुर चौपथी इलाकामा टायर जलाएर विरोध गर्नको साथै पथ अवरोध गरे। यस विषयमा भाजपा जिल्ला सहसभापति साधन साहाले भने, यो तृणमूलको षड्यन्त्र हो। अलिपुरद्वार १ नम्बर ब्लकको पातलाखावा अञ्चल भाजपाले दखल गरेको छ। पातलाखावामा तृणमूल-ले बोर्ड गर्न असफल भएकोले गर्दा नै यस प्रकारको षड्यन्त्र गरेको हो।

About Author

Advertisement