निरु शर्मा पराजुलीको निधनमा पश्चिम कार्बी आङलङ जिल्ला समितिद्वारा श्रद्धाञ्जली सभा

00-1-A-IMG-20230902-WA0242

कार्बी आङलङ: भानु नाट्य मञ्च भानुचोक मुगासङ पश्चिम कार्बी आङलङमा आज बेलुकी ४ बजे निरु शर्मा पराजुलीको निधनमा असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समिति र मुगासङ शाखाले श्रद्धाञ्जली सभा आयोजन गरेर शोक समवेदना प्रकट गर्यो। श्रद्धाञ्जली सभामा निरु शर्मा पराजुलीको तस्वीर अघि दीप प्रज्ज्वलन गरेर अवकाशप्राप्त शिक्षक तथा साहित्यकार केशव हुमागाईं, अनेसास उप सभापति रमाकान्त पौडेलले माल्यार्पण गरे। उपस्थित जनभेलाले पुष्पाञ्जली गरे पछि प्रयात निरु शर्मा पराजुलीको जीवनी बारे अनेसास सडस्य ज्योति हुमागाईंले बताएl रमाकान्त पौडेल र जिल्ला सभापति लीला निरौलाले पनि प्रयात शर्माको गुणराजी र कर्माराजी बारे स्पष्ट पारे। जिल्ला मूलसचिव गणेश छेत्रीले सभा सञ्चालन गरेका थिए भनें श्रद्धाञ्जली सभामा केन्द्रीय सदस्या कुमारी दाहाल, जिल्ला समितिबाट कार्यकारी सभापति सुन्दर गिरी, उप सभापति दुर्गा दाहाल, साहित्य सचिव बिष्णु निरौला, पूर्व जिल्ला सभापति रण काफ्ले, अनेसास आजीवन सदस्य शिवलाल उपाध्याय, डिल्लीराम पौडेल, हरि कठेत, रामप्रसाद भट्टराई, दिलीप निरौला, जीवन हुमागाँई, अञ्जु पाठक साथै मुगासङ शाखा समितिका सदस्य-सदस्यागण उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement