गान्तोकमा पालन गरियो ६३औं तिब्बती लोकतन्त्र दिवस

img_20230902_wa0078_262

गान्तोकः टिबेटन सेटल्मेन्ट कार्यालय सिक्किम र डोमे छोल्काको संयुक्त आयोजनमा आज गान्तोकको छोकासुम हलमा ६३औं तिब्बती गणतन्त्र दिवस पालन गरियो। सिक्किम सरकारको धर्म विभागका मन्त्री सोनाम लामाको विशेष उपस्थितिमा आयोजित कार्यक्रमा भारत तिब्बत मैत्री सङ्गठनका राष्ट्रिय उपाध्यक्ष सुरेन्द्र कुमार, गान्तोक क्षेत्रका विधायक वाईटी लेप्चा, फ्री टिबेट भोइस फ्रम असमका संयोजक सोम्यदीप दत्ता, टिबेटन पार्लामेन्टका सांसद सदस्य लगायत अन्य सङ्गठनका प्रतिनिधि र तिब्बती समुदायका मानिसहरूको उपस्थिति रहेको थियो। यस अवसरमा बोल्दै फ्री टिबेट भोइस फ्रम असमका संयोजक सोम्यदीप दत्ताले तिब्बती समुदायको देश खोसिए पनि उनीहरूको प्रजातन्त्रप्रति ठूलो आस्था राखेर देश फर्काइमाग्न प्रजातान्त्रिक आधारमानै आदोलन गरिरहेकाले उनीहरूले प्रजातन्त्रमाथि देखाएको विश्वास र आस्थालाई सबैले सम्मान गर्नुपर्ने बताए। चीनले तिब्बती क्षेत्रलाई हडपेपछि सीमासँगै भारत, भोटाङ र नेपालको सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा पनि दखल गर्ने चाहेका कारण चीन दखललाई जबाफ दिन पनि सबैले तिब्बती आन्दोलनलाई समर्थन जनाउन जरुरी रहेको बताए।

चीनले ब्रह्मपुत्र नदीमा बाँध बाँध्न शुरु गरेकाले यो भारतलाई मात्र नएर अन्य क्षेत्रलाई पनि खतरा रहेको र यसबारे जागरुक हुन आवश्यक रहेको बताए। तिब्बत भारतको सुविधाका लागि मात्र होइन तर मानवीय आधारमा पनि स्वतन्त्र राष्ट बन्न जरुरी छ भन्दै उनले स्वतन्त्र तिब्बतको आन्दोलनलाई जनजनको आन्दोलन बनाउनुपर्ने र यसका लागि तृणमूल स्तरसम्म जागरूकता फैलाउन आवश्यक रहेको बताए। भारत तिब्बत मैत्री सङ्गठनका राष्ट्रिय उपाध्यक्ष सुरेन्द्र कुमारले भारतले तिब्बत र तिब्बती समुदायसँग धर्म, संस्कृति, शिक्षा लगायतका धेरै क्षेत्रमा सम्बन्ध राख्ने गरेको बताए। निर्वासित जीवन बाँचीरहेका तिब्बती समुदायले प्रजातान्त्रिक दिवस पालन गर्नु नै विश्वलाई एउटा ठूलो संदेश हो भन्दै लोकतान्त्रिक आन्दोलनबाटै तिब्बतले एक दिन स्वतन्त्रता पाउनेछ भन्ने विश्वास लिएर काम गर्नुपर्ने बताए। तिब्बती समुदायलाई मुक्ति दिलाउन भारतीयको कर्तब्य रहेको बताउँदै सुरेन्द्र कुमारले दलाई लामालाई भारत सरकारले भारत रत्न प्रदान गर्नुपर्छ भन्ने माग उठाएका छन्। विश्वका धेरै देशले आफ्नो संसदमा सम्बोधन गर्ने अवसर दलाई लामालाई प्रदान गरिसेका उल्लेख गर्दै सुरेन्द्र कुमारले भारत सरकारले पनि संसदबाट सम्बोधन गर्ने अवसरका लागि दलाई लामालाई निमन्त्रणा दिनुपर्ने र प्रधानमन्त्रीले हस्तक्षेप गरेर रोकिएको तिब्बत-चीन वार्ता पुनः शुरु गराउनुपर्ने बताए।

तिब्बत स्वतन्त्र राष्ट बन्न सके भारतले सीमा क्षेत्रको सुरक्षाका लागि करोडौं रुपियाँ खर्च गर्नुपर्ने अवस्था नरहने उने बताए। देशको हिमाली क्षेत्रको विकास, सुरक्षा र पर्यावरण संरक्षणका लागि ठोष नीति नरहेको भन्दै सुरेन्द्र कुमारले यसमाथि भारत सरकारले ध्यान पुऱ्याउनुपर्ने बताए। तिब्बती समुदायले पालन गरेको ६३औं प्रजातन्त्र दिवसलाई सम्बोधन गर्दै सिक्किम सधैं तिब्बती समुदायको समर्थनमा रहेको बताए। लोकतन्त्रमाथि विश्वास गर्नेहरूले तिब्बती तिब्बती समुदायको मुद्दालाई एक आवाज बनाएर अघि बढाउनुपर्छ भन्दै मन्त्री लामाले दलाई लामाको आशीर्वादले स्वतन्त्र तिब्बतको परिकल्पना एकदिन पूरा हुने विश्वाश व्यक्त गरे। यस अवसरमा तिब्बती समुदायका कलाकारहरूले विभिन्न सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *