जलपाइगढी: जलपाइगढी जिल्ला पुलिसले शुक्रबार पुलिस दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरे। यस दिन जलपाइगढी कोतवाली थानामा रक्तदान शिविरको आयोजना गरिएको थियो।

रक्तदान शिविरको उद्घाटन जिल्ला पुलिस अधीक्षक खाँडबहाले उमेश गणपतले गरेका थिए । शिविरमा जिल्ला पुलिस कार्यालयका विभिन्न अधिकारीहरूले रक्तदान गरेका थिए । आज चौथो पुलिस दिवस देशभर मनाइँदैछ। सो अवसरमा ट्राफिक पुलिस तथा अन्य पुलिस तथा नागरिक स्वयंसेवकलाई सम्मान गरिएको थियो । जलपाइगढी शहर र आसपासका क्षेत्रमा जलपाइगढी जिल्ला पुलिसद्वारा विभिन्न कार्यक्रम गरी पुलिस दिवस मनाइँदैछ। विगत तीन वर्षदेखि सेप्टेम्बर १ लाई पुलिस दिवसका रूपमा मनाइँदै आएको छ । पुलिस दिवसको अवसरमा जलपाइगढी पुलिस लाइन्समा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। रक्तदान शिविरमा जिल्ला पुलिस उपरीक्षकले सहभागी भई सबै तहका पुलिसलाई पुलिस दिवसको शुभकामना दिएका थिए।