मिरिक काँउले गाँउमा भागोप्रमो-को नारी शाखा कमिटी गठन

mir1-1024x473.jpg

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको महिला संगठन नारी शक्ति मिरिक नगरपालिका वार्ड नम्बर ६ काँउले शाखा गठन गरिएको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको उपस्थितिमा सम्पन्न यो कमिटी गठन गरिएको बताइएको छ। यस क्षेत्रका नारीहरूको उपस्थितिमा सम्पन्न सभामा सर्वसम्मति अनुसार गठन गरेको नारी शक्ति शाखा समितिमा अध्यक्ष बिनिता राई, उपाध्यक्ष सोनी तामाङ र कञ्चन तामाङ, प्रमुख सचिव पुनम तामाङ, सचिव अर्पणा तामाङ र रचना थापा, कोषाध्यक्ष अनुजा राई, मूल संरक्षक बिनु राई, पन्चमीत लेप्चा,सारदा तामाङ लगायत अन्य सल्लाहकारहरू चयन गरिएको छ। नव गठित कमिटीले क्षेत्रका महिलाहरूलाई संगठित गरेर क्षेत्रलाई विकासको मार्गमा अझ अग्रसर गराउँने प्रतिबद्धता प्रकट गरेको छ।

About Author

Advertisement