यूएस ओपनः महिला एकलमा कोको गफ र स्वियातेक दोस्रो राउण्डमा

photocollage_2023830155624433.jpg

३० अगस्तः विश्व ऱ्यांकिंगमा शीर्ष स्थानमा रहने इगा स्वियातेक र स्थानीय दावेदार कोको गफले सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपन टेनिस टुर्नामेण्टमा जीतको साथ अभियान शुरु गरिन्। छैटौं वरीयता प्राप्त १९ वर्षीय गफले जर्मनीकी क्वालीफायर लौरा सिगमण्डलाई ३-६, ६-२, ६-४-ले पराजित गरिन्। म्याचको पहिलो सेट गुमाएपछि अमेरिकी खेलाड़ीले असाधारण पुनरागमन गर्दै म्याच जितिन्। ग्राण्ड स्ल्याम टुर्नामेण्टमा आफ्नो गत दुवै म्याच गुमाउने गफलाई सिगमण्ड विरुद्ध जीत हासिल गर्न २ घण्टा ५१ मिनट समय लाग्यो। विम्बल्डनको शुरुवाती राउण्डमै बाहिर हुने गफको यो गत १३ वटा म्याचमा १२औं जीत हो। यसबीच पोल्याण्डकी स्वियातेकलाई चाहिँ रेबेका पेटरसनको चुनौती समाप्त गर्न अधिक असुविधा भएन। शीर्ष वरीयता प्राप्त खेलाड़ीले ५८ मिनटसम्म चलेको एकतर्फी लड़ाइँमा ६-०, ६-१-ले जीत हासिल गरिन्। यसबीच आठौं वरीयका प्राप्त मारिया सक्कारी चाहिँ रेबेका मासारोवा विरुद्ध उलटफेरको शिकार भइन्। सक्कारीलाई ७१औं ऱ्यांकिंग भएकी खेलाड़ीले ६-४, ६-४-ले पराजित गरिन्। शुरुवाती राउण्डमा हारको सम्मुखीन हुने खेलाड़ीहरूमा १६औं स्थानमा रहने भेरोनिका कुदरमेतोवा पनि सामेल छिन्। उनलाई अमेरिकाकी बर्नार्डा पेराले ७-५, ६-४-ले पराजित गरिन्। यसरी पुरुष एकलमा चौथो वरीयता प्राप्त रुनेले ६३औं ऱ्यांकिंग भएका रोबर्टो कारबालेस विरुद्ध हारको सामना गर्नु पऱ्यो। कारबालेसले बीस वर्षीय रुनेलाई ६-३, ४-६, ६-३, ६-२-ले पराजित गरे। यूएस ओपन २०२०-का विजेता डोमिनिक थिएमले अलेक्जेण्डर बुबलिकलाई सजिलैसँग ६-३, ६-२, ६-४-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement