पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना मुद्दामा पाए राहत

Imran-Khan-former-PM-Pakistan

इस्लामाबाद: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले ठूलो राहत पाएका छन्। उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)का अध्यक्ष इमरान खानलाई सुनाइएको सजायमा रोक लगाएको छ। पाकिस्तानको राजनीतिमा परिवर्तनको सम्भावना छ। पूर्वप्रधानमन्त्री इमरान खानलाई ठूलो राहत मिलेको छ। तोशखाना भ्रष्टाचार मुद्दामा राहत पाएका खान अब जेलबाट बाहिर आउने भएका छन्। मंगलबार इस्लामावाद उच्च अदालतले आफ्नो फैसला सुनाउँदै इमरानलाई दिइएको सजायमा रोक लगाएको छ। यसपछि अदालतले उनलाई तत्काल रिहा गर्न आदेश दिएको थियो। अगस्त ५ मा इस्लामावादको एक अदालतले उनलाई तोशाखाना भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय सुनाएको थियो। त्यसपछि उनी जेलमा थिए।

यस मामिलामा इमरान खानले इस्लामावाद उच्च अदालतमा सजायको विरुद्ध अपील गरेका थिए। अदालतले सोमबार आफ्नो फैसला सुरक्षित राखेको थियो। यसपछि उनले मंगलबार आफ्नो फैसला सुनाए। दुई न्यायाधीशको इजलासले यस विषयमा सुनुवाइ गर्दै तल्लो अदालतको फैसलालाई उल्टाएको थियो। अदालतले भर्खरै रिहा गर्न आदेश दिएको हो। यसपछि विस्तृत आदेश जारी गरिने छ जसमा इमरान खानले सार्वजनिक र्‍याली गर्न सक्छन् कि छैनन् र उनी चुनाव लड्न सक्छन् वा छैनन् भन्ने कुरा थाहा हुनेछ। इमरान खान प्रधानमन्त्री हुँदा उनले धेरै देशबाट महँगो उपहार पाएका थिए। उनले यसबारे तोषखाना विभागलाई जानकारी दिएनन्। उनले उपहारका लागि बोली लगाएर बदलामा प्राप्त रकम राखेको आरोप छ। पाकिस्तानको नियमअनुसार प्रधानमन्त्रीले कुनै उपहार पाएमा त्यसको जानकारी तोशाखाना विभागलाई दिइन्छ। विभागमा पेश गर्नुपर्नेछ। सन् २०२२ मा पाकिस्तानमा सरकार परिवर्तन भएपछि यो कुरा बाहिर आएको थियो र इमरानविरुद्ध मुद्दा दर्ता भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *