रिनाक बजार निम्न माध्यमिक विद्यालयमा विदाई सम्मान कार्यक्रम

IMG-20230830-WA0008.jpg

रिनाकः पाकिम जिल्लाअन्तर्गत सरकारी निम्न माध्यमिक विद्यालय रिनाक बजारबाट अर्को स्कूल आग्रीगाउँ सरकारी प्राथमिक पाठशालामा प्रधानाध्यापकको रूपमा पदोन्नति भइ हालै सो स्कूलबाट स्थानान्तरण भएका सह शिक्षक विनोद प्रधानको विदाई सम्मान आज अपरान्ह स्कूलले आयोजन गऱ्यो। प्रधानाध्यापक विनोद प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको यस विदाई कार्यक्रममा रिनाक ग्राम पञ्चायत एकाइका पञ्चायत सभापति निर्मला कालिकोटे, उपसभापति मेनुका प्रधान, रिनाक बजार वार्ड पञ्चायत सदस्य सीता खाती, स्कूल प्रबन्धन समितिका सदस्यहरूमा आदि उपस्थित थिए।

शिक्षिका पेगिला भोटियाद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका जमुना प्रधानले राखे। स्कूल परिवार, स्कूल प्रबन्धन समितिका सदस्य, अभिभावकहरूले बधाई अनि शुभकामना प्रदान गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै विनोद प्रधानले विद्यार्थीहरूले गुरूजनका आज्ञा पालन गर्नुपर्ने, गुरूहरूले जहिल्यैपनि विद्यार्थीको हितमा अर्ती दिई, उनीहरूको उज्जवल भविष्यमाथि सोच्ने गर्छन् भन्दै आफू सो स्कूलबाट गए तापनि भविष्यमा यस स्कूलको निम्ति आफ्नो सहयोग यथावत् रहने विचार व्यक्त गरे। यसै सन्दर्भमा सहायक शिक्षा अधिकारी रोहित शर्मा, प्रधानाध्यापक टीएन पौड्याल, पञ्चायत उपसभापति मेनुका प्रधानले पनि सम्बोधन गरेका थिए। विदाई कार्यक्रममा विद्यार्थीहरूले रंगारंग सांस्कृतिक नृत्यको प्रस्तुति दिए। यसै क्रममा पूर्व शिक्षिका पुष्प सेवा, छात्रा सुभेक्छा छेत्रीले विदाईमाथि कविता वाचन गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement