सिलगढी: सिङ्गल युज प्लाष्टिकको प्रयोगमा देशभरि गत १ जुलाईदेखि रोक लगाइएको छ। यो निर्देश जारी हुने बित्तिकै सिलगढी नगरनिगमले पनि प्लाष्टिक मुक्त सिलगढी बनाउन जोडतोडले कार्य गरिरहेको छ।यसै क्रममा आज सिलगढी ४६ नम्बर वार्डका पार्षद दिलिप वर्मनले पनि प्लाष्टिक मुक्त वार्ड बनाउन एक अभियान नै चलाएका छन्। उनले फोहोर मैला फ्याँक्नका लागि वार्डमा मानिसहरुलाई प्लाष्टिकको ठुल्ठुला बाल्टी प्रदान गरे। घरको फोहोर मैला जताततै नफ्याँकेर सो बाल्टीमा लगाइदिने अपिल पनि गरे।चम्पासरीको नर्मदा बगान इलाकाको सब्जी व्यवसायीहरूलाई प्लाष्टिकको व्याग प्रयोग नगर्ने अपिल पनि गरे।