गोरूवथान: कुमुदिनी होम्स पाइप ब्याण्ड स्विट्जरल्याण्डमा सम्पन्न हुने बेसेल टेटू ब्याण्ड कार्यक्रममा सहभागी हुन आज स्विट्जरल्याण्ड प्रस्थान गरेको छ।यो सम्पुर्ण कालेबुङ लगायत देशकै लागि गर्वको विषय हो। कुमुदिनी होम्स कालिम्पोङको पुरानो स्कुलहरुमा एक हो।प्रतिवर्ष स्वतन्त्रता दिवसमा पाइप ब्यान्डको प्रस्तुतिले स्वतन्त्रता दिवसमा सुनमा सुगन्धको काम गर्ने गरेको छ।देशलाई नै प्रतिनिधित्व गरेर यसपल्ट स्विजरल्याण्ड गइरहेको टोलीलाई सबैले शुभकामना व्यक्त गरिरहेको छ। सम्पूर्ण टोलीलाई हाम्रो तर्फबाट पनि शुभकामना व्यक्त गर्दछौं।