टीएनएएए को ‘दोस्रो टीएनए एल्युम्नाई कार्निभल’ २ अनि ३ सेप्टेम्बरमा

00-1-Rajya-Samachar-8

गान्तोक: टीएनए पूर्व छात्र संघ (टीएनएएए) ले आगामी २ अनि ३ सेप्टेम्बरका दिन टीएनए खेलमैदानमा ‘दोस्रो टीएनए एल्युम्नाई कार्निभल’ आयोजना गर्ने भएको छ। यस कार्निभलका टीएनएका पूर्व छात्रहरूको सहभागिता रहनेछ भने विभिन्न कार्यक्रमहरूको आयोजना गरिने छ।

कानिर्भलको उद्घाटन मुख्यमन्त्री प्रेमसिंहको बाहुलीद्वारा गरिने संघका अध्यक्ष जिग्मी नामग्यालले प्रेस विज्ञप्तिमा जानकारी गराएका छन्। यस कार्निभलको मुख्य आकर्षण मधुशुधन सिंह कप फुटसल टुर्नामेन्ट रहनेछ। उक्त टुर्नामेन्ट खुल्ला र वेटरन (४० प्लस) वर्गमा खेलाइने छ। यस टुर्नामेन्टमा ३० भन्दा धेरै दलले भाग लिने बताइएको छ।

यस अतिरिक्त पूर्व विद्यार्थीहरूलाई लिएर मनोरञ्जनात्मक प्रतियोगिताहरू पनि आयोजना गरिने छन्। कार्निभलका टीएनएका वर्तमान विद्यार्थीहरूको पनि सहभागिता रहने बताइएको छ। कार्निभलको समापन साङ्गीतिक कार्यक्रमका साथ गरिने छ। जसमा शिलङको फोर्थ एलिमेन्ट ब्याण्डकी कलाकार सारा एल सिम्लीहले आफ्नो प्रस्तुति दिनेछन्।

कार्निभलको सफलताको निम्ति संघका प्रमुख संरक्षक एवं विधायक आदित्य गोलेको अगुवाईमा टीमले निकै परिश्रम गरेको बताइएको छ। संघले पूर्व छात्रहरूलाई कार्निभलमा सहभागिताको निम्ति आह्वान पनि गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement