गोरुबथानका निजी विद्यालयले सामुहिक रुपमा निकाले मौन जुलुस

IMG-20230826-WA0255.jpg

गोरुबथान: गोरुबथानका सम्पुर्ण गैरसरकारी विद्यालयका विद्यार्थीहरुलाई लिएर सिलगढी छात्राको हत्याकाण्डमा पक्राउ गरेको आरोपीलाई कडाभन्दा कडा सजाय दिइने मांगमा मौन जुलुस निकालियो। आज माल बस्ती खेल मैदानबाट शुरु भएको जुलुस सोमबारे बजार परिसर हुँदै पेट्रोल पम्पसम्म पुगेर धर्मशालामा आएर समापन भएको थियो। आजको यस मौन जुलुस कार्यक्रममा सन्त फ्रान्सिस अशिशी विद्यालय, रोजमेरी बोर्डिङ स्कुल, हिमाली जुनियर हाई स्कूल, मास्काट एकाडेमी, माउन्ट जायन, ग्रीन भेल, चिल्ड्रेन होम्स रहेको थियो।

About Author

Advertisement