सुदीप प्रधानलाई आज रम्फूमा स्वागत

IMG-20230826-WA0311.jpg

रम्फू: पश्चिम पाण्डाम निर्वाचन क्षेत्र अन्तर्गत डुगा निवासी सुदीप प्रधानलाई आज रम्फूमा स्वागत जनाइयो। प्रधानलाई आसमको कोक्राझारमा आयोजित ३२ नेपाली भाषा मान्यता दिवसको अवसरमा गोर्खा गौरव पुरस्कारले सम्मान जनाइएको थियो। बोडो टेरिटोरियल क्षेत्रको गोर्खा समाजद्वारा आयोजित भाषा मान्यता दिवसमा सम्मान जनाइएको थियो। आज सिक्किम राज्य फर्किने क्रममा उनलाई भारतीय जनता पार्टी लगायत विभिन्न संघ संस्थाले स्वागत जनाए। स्वागत कार्यक्रममा गान्तोक निर्वाचन क्षेत्रका विधायक वाइटी लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। विधायक लेप्चाले उनको कार्यको प्रशंसा गर्दै भविष्यमा अझ प्रगति गर्नको साथै सिक्किमेलीको नाम रोशन गर्नुपर्ने सुझाउ दिए। यसै क्रममा सम्मानित प्रधानले यसरी आफूलाई भव्यरूपमा स्वागत जनाएकोमा सबै प्रति आभार प्रकट गर्दै यसले अझ समाज सेवा गर्ने प्रेरित गरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement