मन्त्री नेपालले गरे लेग्शेप सडकको निरीक्षण

IMG-20230826-WA0309.jpg

गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक एवम कृषि मन्त्री लोकनाथले आज गेजिङ- लेग्शेप सडकको निरीक्षण गरे। विशेष गरेर उक्त सडकलाई केही दिनदेखि निरन्तर परेको पानीले व्यापकरूपमा क्षति पुऱ्याएको थियो। यसका साथै २१ अगस्तको दिन पैह्रौले अझ सडकलाई क्षति पुऱ्याएपछि आवात जावतमा समस्या उत्पन्न भएको छ। यसै कुरालाई ध्यानमा राख्दै मन्त्री नेपालले निरीक्षण गरेका हुन्। मन्त्री नेपालले सम्वन्धित विभागबाट भइरहेको पुनर्निर्माण कार्यको निरीक्षण गरेका हन्। उनले कामको गतिलाई तिब्रता दिन निर्देशन दिँदै बर्खा याममा सर्वसाधारणलाई सहज हुने गरी वैकल्पिक सडकको प्रस्ताव पेश गर्न सम्वन्धित निकायलाई आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement