खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयद्वारा मोमबत्ती जुलुस आयोजना

00-1-A-IMG-20230826-WA0234-1

सिलगढी: मतिगढा क्षेत्रमा गत सोमबार एकजना छात्राको हत्याका मुख्य आरोपीलाई पुलिसले पक्राउ गरिसकेको छ। हत्यारालाई फाँसी दिनुपर्ने माग गर्दै अनि मृतक छात्रालाई श्रद्धाञ्जली अर्पण गर्नको निम्ति खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालयको तर्फबाट आज साँझ गाउँमा मोमबत्ती जुलुस आयोजन गरियो। मृतक बालिकाको हत्याका आरोपीलाई न्यायालयले चाँडोभन्दा चाँडो फाँसीको दण्ड दिएमात्रै बालिका र उसकी परिवारले न्याय पाउनेछ अनि यस्तो अपराध गर्न फेरि कसैले आँट गर्नेछैन भनी पुस्तकालयका सचिव विकास तिम्सिनाले बताएका छन्। स्थानीय भानु चौतारीबाट शुरु भएर त्रिवेणी चोक, नेताजी मोड हुँदै फेरि भानु चौतारीमा पुगेर जुलुस समापन भयो। यस जुलुसमा गाउँका विभिन्न संघ-संस्थाका सदस्यगण, गाउँका विद्यार्थीहरू, युवा एवं नागरिकहरुको बाक्लो उपस्थिति थियो।

About Author

Advertisement