पाङ ल्हाब सोल पर्वको पहिलो दिन चित्रकला प्रतियोगिता आयोजित

IMG-20230826-WA0308.jpg

गान्तोक: पाङ ल्हाव सोल समारोह समितिको पहलमा आजदेखि मोर्डन उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा दुई दिवसीय चित्रकला प्रतियोगिता शुरू भयो। यस प्रतियोगितालाई दुईवटा वर्गमा विभाजन गरिएको छ, जसमा एउटा खुल्ला वर्गमा राखिएको छ भने अर्को विद्यालयस्तरमा राखिएको छ। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा पद्मश्री पुरस्कारले सम्मानित खाण्डु वाङचुक भोटिया रहेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लेप्चाले सर्वप्रथम नेपालमा आयोजित रिएलिटी शो- मेरो भोइस मेरो युनिभर्स अन्तर्गत गायन प्रतियोगितामा विजयी र उपविजयी बनेर राज्य फर्केका कलाकाहरूलाई बधाई दिए। यसरी राज्यका युवाहरू विभिन्न क्षेत्रमा अघि बढेर राज्य साथै देशको नाम रोशन गर्नुपर्ने उनले युवाहरूलाई सुझाउ दिए। आजको यस क्षणमा उनले पाह ल्हाब सोल समितिका अध्यक्ष स्वार्गीय थुकचुक लाचुङपाको स्मरण गर्दै उनको अनुपस्थितिले राज्यलाई धेरै क्षति पुगेको बताए। उनले थप जानकारी गराए अनुसार आगामी ३१ अगस्तको दिन एमजी मार्गमा रहेको स्टेच्यु अफ् युनिटीमा लामाहरूद्वारा पूजा अर्चना गरिने भएको कारण सबैलाई उक्त अवसरमा सहभागी बन्ने आग्रह गरेका छन्। यो पर्व केवल एउटा समुदायको मात्र नभएर राज्यका सम्पूर्ण जातिको रहेको बताए। पाङ ल्हाब सोल पर्व आजभन्दा आठ सय वर्ष अघिदेखि शुरू भएको इतिहास रहेको उनको भनाइ रहेको छ। हाल यो पर्व राज्यको सबै गुम्बाहरूमा पालन गर्दै आइरहेको उनले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement