सिलगढी: मेयर गौतम देवले सहरवासीको समस्याहरू सुन्नको लागि टक टु मेयर कार्यक्रमको शुरुआत गरेको छ। आज ५०औँ टक टु मेयर कार्यक्रमपछि मेयर गौतम देवले एउटा रिपोर्ट कार्ड जारी गरेको छ। तिनले ५० दिनमा लगभग ११०० फोन कल उठाएका छन्। मेयर गौतम देवले बताएअनुसार शहरवासीको धेरैजसो अभियोगहरूको समाधान गरिसकेको छ। गत १२ मार्च २०२२ देखि १९ अगस्त २०२३ सम्मको विस्तृत रिपोर्ट आज पेश गरेको हो। जसमा १०९७ समस्याहरू आएको छ, जसमा जन्म-मृत्यु प्रमाण पत्र, पिउने पानी, जलनिकासी व्यवस्था, अवैध निर्माण, सडक, पर्यावरण, स्वास्थ्य लगायत विभिन्न समस्यालाई लिएर सहरवासीले कल गरेको थियो। यीमध्ये ८१ प्रतिशत समस्याहरूको समाधान भइसकेको छ भने १९ प्रतिशत समस्याको समाधान भएको छैन। यसको समीक्षा गरिने तिनले बताए।