कोलकाताः उत्तर २४ परगना नजिक भारत बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) ले तीन करोड़ १२ लाख ४४ हजार ४२४ रूपियाँ मूल्यको सुनको बिस्किट उद्धार गरेको छ। सुनको ओजन ५२४२.९१० ग्राम छ। बीएसएफको तर्फबाट शनिवार जारी बयान अनुसार, पेट्रापोल सीमा चौकी नजिक बांग्लादेशबाट आइरहेको एउटा ट्रकबाट सुन तस्करीको सूचना अगावै पाइएको थियो।
ट्रक जस्तै यहाँ पुग्यो, बीएसएफका जवानहरूले सघन तलाशी शुरू गरे। ट्रकको बडीमा अलग-अलग प्वालमा सुन हालेर त्यसलाई टेपले टाँसिएको थियो। पहिलो पल्टमा २१ र फेरि पछि ट्रक चालकसित सोधपुछपछि अन्य २४ सुनको बिस्किट उद्धार गरियो। यसपछि ट्रक चालकलाई हिरासतमा लिइयो। उसको पहिचान जिल्लाको फिरोजपुर निवासी सम्राट विश्वासको रूपमा गरिएको छ। चालक र सुनका बिस्कुटलाई कस्टम विभाग पेट्रापोललाई सुम्पिएको छ। चालकसित सोधपुछ जारी छ।
-हिस