कोलकाताः कोलकाता पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)-ले पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका एकजना एजेन्टलाई कोलकाताबाट पक्राउ गरेको छ। आरोपी भक्त बंशी झा (३६) मूलरूपले बिहारको दरभंगा निवासी हुन् जसले भारतीय सेना र इन्टेलिजेन्ससित सम्बन्धित गोप्य जानकारीहरू आईएसआईलाई पठाएका छन्।
एसटीएफका उपायुक्त वी सोलेमन नेशा कुमारले शनिवार बिहान उपरोक्त आशयको जानकारी गराउँदै भने, भारतीय गुप्तचर एजेन्सीको सूचनाको आधारमा पएसटीएफले भक्त बंसीलाई पक्राउ गऱ्यो। उसको मोबाइल फोनबाट केही फोटोग्राफ्स, भीडियोग्राफ्स औ अनलाइन च्याट फेला पारिएको छ। यी सबै गोपनीय जानकारीहरू देशको सुरक्षासित सम्बन्धित छन्। उसले यी सबै जानकारीहरू पाकिस्तानी गुप्तचर एजेन्सीको एकजना एजेन्टलाई पठाएको थियो। उविरूद्ध भारतीय दण्ड विधानको धारा ३/९ औ १२० बी अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।
सूत्रले बताएको छ, पाकिस्तानी गुप्तचर एजेन्टसित उसको मित्रता फेसबुकमा भएको थियो। आरूषि नामक युवती भएर एजेन्टले झासित मित्रता गरेको थियो। त्यसपछि भक्त बंसीले भारती सेना, गुप्तचर एजेन्सी तथा सुरक्षाको दृष्टिले महत्वपूर्ण स्थानका तस्वीर अनि भीडियोहरू पाकिस्तानी गुप्तचर एजेन्टलाई उपलब्ध गराउँदै आइरहेको थियो। उसित जाँचबुझ जारी छ।
-हिस










