मतिगढ़ा घटनालाई लिएर खरसाङमा २८ नम्बर समष्टीद्वारा सामुहिक शोक सभा आयोजित

IMG-20230826-WA0262.jpg

खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टिद्वारा मतिगढ़ा घटनाको विरोध जनाउँदै शोक सभाको आयोजना गरिएको छ।खरसाङको राजराजेश्वरी हलमा सम्पन्न उक्त शोक सभामा मतिगढ़ामा घटेको दु:खद घटनाकाे विरोध साथै नानीकाे आत्मा शान्तिकाे लागि प्रार्थना गर्दै अपराधीले कठोरभन्दा कठोर सजाई पाउनुपर्छ भनी समष्टीको सभासद श्याम शेर्पाकाे पहलमा शोक सभा राखिएको छ। उक्त शोक सभाकाे शुरूमा नानीकाे आत्मा शान्तिकाे लागि एक मिनटकाे मौन धारण गरियो र सबैले मोमबत्ति जलाएर प्रार्थना पमि गरे। यसको साथै शेडुप धार्गेलिङ्ग गुम्बाकाे आनिलाहरुद्वारा मनिमालम गरियो (बुध्दिष्ट पाराले भजन)। यसको साथै समष्टीभित्र पर्ने साई मण्डलीहरुद्वारा भजन गरिएको थियो। उक्त शोक सभामा वरिष्ठ नागरिक एचएस बस्नेतद्वारा श्रद्धाञ्जली कविता वाचन गरिएको थियो। कार्यक्रमको सञ्चालन सभासद श्याम शेर्पाले गरेकाा थिए भने नानीकाे दु:खद घटनाबारे कवि एंव गीतकार बालकृष्ण थामीले जानकारी गराएका थिए। उक्त शोक सभामा खरसाङको विभिन्न वार्डहरूबाट मानिसहरू उपस्थित रहेका थिए। उक्त शोक सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद श्याम शेर्पाले आज २८ नम्बर खरसाङ देवराली समष्टीको आयोजनामा मतिगढा घटनालाई लिएर शोक सभाको आयोजना गरिएको थियो जहाँ नाबालिग छात्राको हत्याको प्रतिवाद गर्दै हत्याराले कड़ा सजाय पाउनु पर्ने र पिढीत परिवारले न्याय पाउनु पर्ने मांग गरिएको बताए। उनले नाबालिग छात्रालाई श्रध्दाञ्जली अर्पण गरिएको बताउँदै उक्त शोक सभामा २८ नम्बर समष्टीको सबै तप्काको मानिसहरू उपस्थित रहेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement