छात्रा हत्याको विरोधमा चन्द कोलनीमा विरोध प्रदर्शन

70694e72-91eb-4cd2-94c5-cdc3b87c0693-1

मालबजारः भर्खरै मटिगढामा एक छात्राको निर्मम हत्याको विरोधमा भानुभक्त समाज चन्द कोलनी बाग्राकोटले विरोध र्यााली निकालेको छ। र्याीलीमा सहभागी सयौं मानिसले अभियुक्तलाई कानुनबमोजिम फाँसीको सजायको माग गर्दै नाराबाजी गरेका थिए। र्यानलीले राष्ट्रिय राजमार्ग ३१ देखि माल ब्लकको चन्द कोलनी गाउँका विभिन्न भाग परिक्रमा गरेको थियो । भानुभक्त समाज चन्द कोलनीका सल्लाहकार समीर छेत्रीले हत्यारालाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरिएको बताए। मृतक छात्राको फोटोमा पुष्पहार अर्पण गरी दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरियो साथै आत्माको चिरशान्तिको कामना गर्दै दुई मिनटको मौन धारण पनि गरियो । पीडित परिवारले छिट्टै न्याय पाउन भन्ने हाम्रो माग रहेको छ। सभ्य समाजमा यस्तो जघन्य अपराधको कुनै स्थान हुन सक्दैन। हामी घटनाको घोर भर्त्सना गर्दछौं। अर्का सदस्य विधान छेत्रीले घटनालाई लिएर विशेषगरी युवावर्गमा निकै आक्रोश रहेको बताए। अभियुक्तलाई मृत्युदण्ड दिनुपर्ने एउटै माग छ ।

About Author

Advertisement