सोनदा: सलेसियन महाविद्यालय सोनदामा नेहरू युवा केन्द्र दार्जीलिङद्वारा प्रायोजित एंव भिजन दार्जीलिङ ट्रष्ट दार्जीलिङको आयोजनामा युवा संवाद इंडिया@२०४७ (India@2047) कार्यक्रम सम्पन्न गरियो। महाविद्यालयका उप प्राचार्य रेभरेन्ट फादर निर्मल टोप्पोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेहरू युवा केन्द्र दार्जीलिङका कार्यक्रम प्रभारी महेन्द्र थिङ्ग, भिजन दार्जीलिङ ट्रष्टका मूल सचिव सिद्धार्थ थामी, सलेसियन महाविद्यालयका प्राध्यापकहरू क्रमैले जुबिन राणा, पवन राई, जोया लेप्चा, अश्विनी लामा आदिको मुख्य उपस्थिति रहेको थियो भने युवा संवादका निर्णायकगणमा विशाल तामाङ, समीप सिञ्चुरी र दीपराज राई रहेका थिए। उप प्राचार्यको स्वागत भाषणबाट शुरू गरिएको यस कार्यक्रमको सञ्चालन थुप्देन तामाङद्वारा गरिएको थियो भने प्रतियोगितामा जम्मा २२ जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए। जसमध्ये प्रथम एलिना मिञ्ज, दोस्रो सिद्धार्त तामाङ र तेस्रो अञ्जना राई बनिन्।

विजेताहरुलाई नेहरू युवा केन्द्र दार्जीलिङको पक्षमा महेन्द्र थिङ्ग एंव भिजन ट्रष्ट दार्जीलिङका मूल सचिव सिद्धार्थ थामीद्वारा प्रमाण पत्र र बिजय चिन्ह्र प्रदान गरियो।यसको साथै निर्णायकहरूलाई पनि स्मृति चिह्न भेट गरियो। यसैबीच नेहरू युवा केन्द्रद्धारा कार्यक्रम एवं प्रतियोगिताको सफल आयोजन गरिएकोमा सलेसियन महाविद्यालयका राष्ट्रिय सेवा योजनाका प्रभारी एवं कार्यक्रमका प्रमुख संयोजक प्राध्यापक जुबिन राणा अनि कार्यक्रम सञ्चालक थुप्देन तामाङलाई स्मृति चिह्न भेट गरियो। अन्त्यमा महेन्द्र थिङ्गको छोटो सम्भाषणपछि जुबिन राणाको कृतज्ञता ज्ञापनपछि कार्यक्रम समपान गरिएको जानकारी प्राप्त भएको छ।