तीनधारे क्षेत्र पनि पूर्ण रूपमा बन्द

IMG-20230826-WA0247.jpg

खरसाङ: मतिगढ़ामा गोर्खे चेलीमाथि भएको जघन्य हत्याको विरोधमा डाकिएको पहाड़ बन्दलाई जनताले नै सफल बनाएको छ। उक्त हत्या काण्डको प्रतिवाद गर्दै शुरुमा गोर्खा सेवा सेनाले बोलाएको १२ घण्टा बन्दलाई पछिबाट पहाड़को विपक्षी दलहरूले पनि २४ घण्टा बन्दको घोषणा गरेको थियो। तर यो बन्दलाई मतिगढ़ाको घटनालाई प्रतिवाद गर्दै राजनैति पार्टीहरूका घोषणा भन्दा पनि जनताले मनबाटै सफल बनाएका छन्। बन्दको असर पहाड़भरि देखिएको छ। यता तीनधारे क्षेत्रमा पनि बन्दको व्यापक असर देखिएको छ। तीनधारेको सानो बजार क्षेत्र क्रिकेट बजार पूर्ण रूपमा बन्द रहेको थियो। बजारको सबै दोकान पाटहरू पूर्ण रूपमा बन्द रहेका थिए। यसको साथै दिनभरि सदैव गाड़ीहरू देखिएको क्रिकेट बजारस्थित तीनधारेको स्ट्याण्ड क्षेत्रमा पनि गाडीहरू शून्य प्राय: देखियो भने केही अापतकालीन सेवाका गाडीहरू र आपतकालीन रूपमा निस्केका गाड़ीहरू मात्र कुदेको देखियो। तीनधारेको अन्य स्थानतिर पनि दोकान पाटहरू बन्द रहेको देखियो। तीनधारेबाहेक पनि घैयाबारी र महानदी क्षेत्रमा पनि सबै दोकान पाटहरू पूर्ण रूपमा बन्द रहेको देखियो भने गाड़ीहरू पनि बन्द नै रहेको थियो। मतिगढ़ा घटनाको प्रतिवाद गर्दै तीनधारे, महानदी, घैयाबारी क्षेत्रमा दोकान पाटहरू पूर्ण रूपमा बन्द रहेका थिए भने गाड़ीहरू पनि बन्द रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement