खरसाङ: मतिगढ़ा घटनाको विरोधमा खरसाङ खण्डको सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा विरोध जुलुस निकालिएको छ। उक्त विरोध जुलुसमा सिटोङ एक ग्राम पञ्चायतका विभिन्न गाउँहरु जस्तै – स्कूल गाउँ, बञ्जरे डाँडा, डायरी गाउँ, सेब्जे, गुरुङ गाउँ, तामाङ गाउँ, अप्पर साथै लोवर छम्बी अनि तकलिफ गाउँबाट नारीहरुले आफ्नो उपस्थिति दिएका थिए। उक्त जुलुसमा नव निर्वाचित सिटोङ एक ग्राम पञ्चायत प्रधान सुशील सुब्बाले पनि आफ्नो उपस्थिति दिएका थिए। उक्त विरोध जुलुस सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा भएको थियो।

उक्त जुलुसपछि पथसभा पनि सम्पन्न भएको थियो जसमा जुलुसको सुरुवात साथै औचित्यबारे सन्ध्या आचार्यले सम्बोधन गरेपछि मिशन खास प्राइमेरी स्कूलबाट शुरु भएको उक्त्त पैदल यात्रा, नारा जुलुस क्रमैले एस्तर लेप्चा, देबिका छेत्री, लक्ष्मी तामाङले अगुवाई गरेर सेब्जे बस्तीसम्म आएर बिनिता छेत्रीको धन्यवाद ज्ञापनसँगै समाप्त गरिएको थियो। उक्त विरोध जुलुस विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै बिनीता छेत्रीले विस्तृत रूपमा जानकारी गराएकी थिइन्।










