सृजनशील समूहद्वारा श्रद्धाञ्जली सभा

17173cb8-a283-407b-9fa5-9d1419c69b36

कालचिनीः सिलगढ़ीकी नाबालिक छात्रीको निर्मम हत्याको अभियुक्तलाई कड़ा भन्दा कड़ा सजाय दिइयोस् एवम् नाबालिकाको परिवारले उचित न्याय पाओस् भन्दै शनिबार साहित्यिक संस्था सृजनशील समूहले कालचिनी चौपति स्थित मोमबत्ती चौकको बेदीमा मोमबत्ती जलाएर मृतक नाबालिकाको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गऱ्यो। सो श्रद्धाञ्जली सभामा समूहको संरक्षक आसबहादुर सुब्बा र सागर राई देवानको प्रमुख उपस्थिति रहेको थियो भने समूहका कवि, कवियत्री एवम् सदस्यहरुको उपस्थिति रहेको थियो।
सभामा प्रथमत मृतक नाबालिकाको नाममा १ मिनटको मौन धारण पालन गरिएको थियो भने समूहका संरक्षक आसबहादुर सुब्बा र सागर राई देवान लगायत कालचिनी व्यावसायी समितिका सदस्य नारायण साहाले मानव सभ्यतालाई लज्जित बनाउने घटना र हत्यारालाई फाँसीको सजाय दिईनु पर्ने दाबी राखेको थियो। उपस्थित कवियत्री पद्मा शर्मा आँचल र कवि मिलन माझीले आफ्नो कविता मार्फत मृतक नाबालिकालाई श्रद्धाञ्जली साथै नारी सुरक्षाको पुकार गरेका थिए। समूहले आफ्नै साहित्यिक दायीबद्धतामा बसेर श्रद्धाञ्जली सभा गर्दै घटनाको प्रतिवाद गरेको समूहका सचिव चन्दन भट्टराईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement