तीन दिवसीय रविन्द्र संगीत कार्यशालासितै सांस्कृतिक मेलबन्धन कार्यक्रम

9499f09d-4ba3-446d-a022-cfc304def05c

कालचिनीः स्कूल अफ फोक म्युजिक एन्ड ड्रामाको आयोजना अनि आर्ट अफ लिभिङ वाईएलटीपीको सहयोगिता एवम् युगान्तर परिवारको व्यवस्थापनामा शुक्रबारदेखि राजाभातखावा स्थित श्री श्री गौशालामा तीन दिवसीय सांस्कृतिक मेलबन्धन कार्यक्रमसितै विभिन्न जनजाति गोष्ठीका कलाकारहरूलाई समेटेर रविन्द्र संगीतको पनि प्रशिक्षण सम्पन्न भईरहेको आयोजक कमिटीको पक्षबाट रामकुमार लामाले जनाएका छन्।
नेपाली जातगोष्ठीका तामाङ, लिम्बु, राई, मंगर, भुजेल, नेवार, आदि एवम् आदिवासी जातगोष्ठीका सादरी, उराँव, सन्थाल, मुन्डा लगायत राभा, गारो, डुक्पा आदि जातिका कलाकारहरुले रविन्द्र संगीत पनि सिख्न पाईरहेको साथै यी विभिन्न जातगोष्ठीका गीत संगीतहरु पनि एकअर्कामा आदान प्रदान गर्ने कार्य साथै यसलाई एउटा कोर्स प्रक्रियामा समेटेर भविष्यमा यसमाथि शोध अध्ययन पनि चलाईने उद्देश्य रहेको रामकुमार लामाले जनाएका छन्।
कार्यशाला सम्बन्धमा रामकुमार लामाले स्कूल अफ फोक म्युजिक एन्ड ड्रामाको आयोजनामा गत २ महीना अघिदेखि नै आदिवासी जनजातिहरूको भाषा र संस्कृति एवम् गीतहरीको प्रशिक्षण आदान प्रदान गर्दै आईरहेको र विश्वप्रसिद्ध रविन्द्र संगीतको ज्ञान पनि जनजाति कलाकारहरूले सिक्न सकोस भन्ने उद्देश्यले यो तीन दिवसीय कार्यशाला गरिएको जनाएका छन्।

About Author

Advertisement