आशाबारीमा ३५० जनाको आँखा परीक्षण  

81d3c646-b7c0-412e-9fcc-b65274ec7863-1

मालबजारः लायन्स नेत्रालय सिलगढी, सुभाषनगर शीला साह मेमोरियल रिलीफ सोसाइटी, सिलगढी प्रधाननगर शाखा र चिल्ड्रेन होम इग्लिस  स्कूल, आशाबारीले संयुक्त रूपमा शनिबार विद्यालय भवनमा नि:शुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। आँखा विशेषज्ञ टोलीले विद्यार्थी र सर्वसाधारणको आँखामा पानी आउने, कम दृष्टि, मोतिबिन्दु र आँखासम्बन्धी चश्माको पनि परीक्षण गरेको थियो। दुई दिने आँखा जाँच शिविरमा ३५० जनाको परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक अनिलकुमार थापाले जानकारी दिएका छन् । त्यसमध्ये २५ जनालाई चस्मा दिइएको छ भने अर्को साता शल्यक्रियाका लागि पहिचान भएका १० बिरामीको आँखाको शल्यक्रिया लायन्स आँखा अस्पतालमा नि:शुल्क गरिने छ। तिनले केही दिनदेखि बालबालिकाको आँखा रातो हुन थालेको भन्दै आँखा जाँच शिविर आयोजना गर्ने सिद्धान्त लिएको पनि बताए। विद्यालयमा चिकित्सकको टोली आएर विद्यार्थीको आँखा जाँच गरे । यो कामबाट स्थानीय बासिन्दाबाहेक बालबालिकाका अभिभावक निकै खुसी छन्। आगामी दिनमा बनबस्ती क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *