मदुरैमा कफी बनाउँदा रेलमा आगलागी, १० यात्रुको मृत्यु

00-1-Madurai-Rail

मदुरै: मदुरै रेलवे स्टेशन नजिकै शनिबार बिहान ५:१५ बजे एक दु:खद दुर्घटना भयो। स्टेसन नजिकै रोकिएको रेलको डिब्बामा आगलागी भएको हो। दुर्घटनामा १० जना यात्रुको ज्यान गएको छ। सोही क्रममा २० जना घाइते भएका छन्। दक्षिणी रेलवेले मृतकका आफन्तलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ। रेलवेले मृतकका आफन्तलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। समाचारअनुसार सबैजना धार्मिक यात्रामा गएका थिए। सबै यात्रु उत्तर प्रदेशका थिए। समाचारअनुसार आगलागी हुने कोच ‘निजी पार्टी कोच’ थिए। घटनाको बारेमा एक विज्ञप्तिमा, दक्षिणी रेलवेले भन्यो कि अगस्त १७ मा लखनउबाट छुटेको एक निजी पार्टीको कोच २५ अगस्तमा नागरकोली जंक्शनमा पुनालुर-मदुरई एक्सप्रेससँग जोडिएको थियो र आज बिहान मदुरै स्टेशन पुग्यो। कोचलाई ट्रेनबाट अलग गरी मदुरै स्टेबलिङ लाइनमा राखिएको थियो। त्यसपछि घटना बिहान ५.१५ बजे भएको थियो।

दक्षिणी रेलवेबाट प्राप्त समाचारअनुसार डिब्बामा अवैध रूपमा ग्यास सिलिन्डर राखिएको थियो। जसका कारण आगलागी भएको बताइएको छ। मदुरैका जिल्ला कलेक्टर संगीताले शनिबार बिहान मदुरै स्टेसनमा पार्किङ गरेको एउटा डिब्बामा आगलागी भएको बताए। उत्तर प्रदेशका भक्तहरू एउटा डब्बामा यात्रा गरिरहेका थिए। शनिबार बिहान कफी बनाउँदा ग्यास बलेको उनले बताए। त्यसपछि सिलिन्डरमा विष्फोट भयो र त्यसपछि आगलागी भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement