जेयू काण्डः विश्वविद्यालयको आन्तरिक रिपोर्टमा ऱ्यागिङ्गका कारण मृत्यु भएको दाबी

IMG-20230410-WA0169-11-300x172-17

कोलकाताः कोलकाता महानगरको जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षका छात्र स्वप्नदीप कुण्डूको मृत्यु मामिलामा अब विश्वविद्यालयको आन्तरिक रिपोर्टमा पनि ऱ्यागिङ्गको संकेत गरिएको छ। यस रिपोर्टमा स्पष्ट ऱ्यागिङ्गका कारण छात्रको मृत्यु भएको बताइएको छ। पुलिसले पनि यस मामिलालाई हत्या मानेर नयॉं प्रकारले रिपोर्ट बुझाउने तयार शुरू गरेको छ। ९ र १० अगसत राति घटनापछि विश्वविद्यालयको आन्तरिक जॉंच समिति बनाइएको थियो। यसको अन्तरिम रिपोर्ट नवनियुक्त अस्थायी कुलपति बुद्धदेव सावलाई सुम्पिएको छ। यसमा छात्रसॅंग अमानवीय ऱ्यागिङ्ग भएको स्पष्ट बताइएको छ। यस अतिरिक्त, स्थितिलाई सम्हाल्न विश्वविद्यालय प्रबन्धनको व्यर्थताको पनि उल्लेख गरिएको छ। आन्तरिक रिपोर्टमा छात्र छतबाट कसरी झरे भन्ने कुराको उल्लेख गरिएको छ, तर ऱ्यागिङ्गमा धेरै जना सामेल रहेको बताइएको छ। यस मध्ये अधिकांश पुलिस हिरासतमा दन्। यसमा अझै पनि धेरै जना पक्राउबाट बाचेको कुरा उल्लेख छ।

उल्लेखनीय छ, स्वप्नदीप कुण्डूको मृत्युलाई लिएर आश्चर्यचकित बनाउने जानकारीहरू अघि आएका छन्। उसलाई नग्न अवस्थामा घुमाइएको र अप्राकृतिक यौन सम्बन्ध बनाएको कुरा पनि खुलासा भएको छ। यस मामिलामा पूर्व छात्र सौरभ चौधरीसहित १३ जनालाई पक्राउ गरिएको छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *