ब्राउन सुगरसहित पक्राउ परेका २ अभियुक्त अदालतमा हाजिर

ccc70140-d473-43a8-95b1-fff64da0ed6a

सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा मटिगढा थानाको पुलिसले छापा मारेर ३१ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पुलिसले हिजो सिलगढीको शिव मन्दिर नजिकैको क्षेत्रमा छापा मारेर ब्राउन सुगरसहित यी दुईलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विश्वजित सरकार र मनिष उर्फ छोट्नु रजाक रहेका छन्। पक्राउ परेकाहरूलाई शनिबार सिलगढी अदालतमा पेश गरिएको थियो। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement