२६ अगस्तः यस साल हुने एशियन गेम्सको निम्ति भारतले २२ सदस्यीय महिला फूटबल टीमको घोषणा गऱ्यो। पूर्व कप्तान तथा स्टार स्ट्राईकर बाला देवीलाई यस टीममा स्थान दिइएको छ। यसरी उनी चार सालपछि राष्ट्रिय महिला फूटबल टीममा फर्किएकी छन्। बालाले २०१९-को एशियन गेम्समा हिस्सा लिएकी थिइन्। उनले देशको निम्ति ४६ वटा म्याचमा ३६ गोल गरेकी छन्। यसको साथमा टीममा अञ्जु तामाङ पनि रहेकी छन्।
भारतीय टीमः बाला देवी, अस्तम ओराँव, ज्योति, मनीषा, रेनू, रितु रानी, सञ्जु, संगीता बासफोर, एलंगबाम चानू, डालिमा छिब्बर, ग्रेस डेंगमाई, सौम्या गुगुलोथ, श्रेया हुडा, इन्दुमती कथिरेसन, आशालता देवी, प्रियंगका देवी, एन सौम्या, स्वीटी देवी, आर सन्ध्या, रंजना चानू, अञ्जु तामाङ र जाक्सा।
एशियन गेम्स चीनको हांगझोऊमा २३ सेप्टेम्बरदेखि शुरु हुनेछ। यी खेलहरूमा भारतका रेकर्ड ६३४ जना खेलाड़ीहरूले हिस्सा लिनेछन्। केन्द्रीय खेल मन्त्रालयले ६३४ जना खेलाड़ीहरूलाई खेल्ने स्वीकृति दियो। यसअघि २०१८-को जकार्ता खेलहरूमा भारतले ५७२ जना खेलाड़ी पठाएको थियो। भारतीय ओलम्पिक संघ (आईओए)-ले ८५० जना खेलाड़ीहरूलाई हिस्सा लिन दिने सिफारिश गरेको थियो। यसपाली सबैभन्दा धेर एथलीट ट्र्याक एण्ड फील्डमा हुनेछन्। ट्र्याक एण्ड फील्डमा ६५ जना खेलाड़ीहरू रहनेछन्। यसमा ३४ जना पुरुष र ३१ जना महिला खेलाड़ी सामेल छन्। पुरुष र महिला फूटबल टीममा २२-२२ जना खेलाड़ी रहनेछन्। यस सूचीमा हकी टीम तेस्रो नम्बरमा छ, जसमा ३६ जना खेलाड़ी सामेल छन्। यसमा १८-१८ जना पुरुष र महिला खेलाड़ी सामेल छन्। यसबाहेक पुरुष र महिला क्रिकेट टीममा १५-१५ जना खेलाड़ी रहनेछन्। यसरी नै नौकायनमा ३३ र शूटिंगमा ३० जना खेलाड़ीहरूलाई स्वीकृति प्राप्त भएको छ।