जलपाइगढीमा भारी वर्षा, टिस्टामा रेल सतर्कता, राहत शिविरमा शरण लिएका मानिसहरू

798e0f2f-d866-4c97-b229-c4b53b1eed78

जलपाइगढी: जलपाइगढीमा भारी वर्षाका कारण नदीहरूको पानीको सतह लगातार बढिरहेको छ। यसैबीच टिस्टा नदीमा ३२०० दशमलव २४ घनमिटर पानी नयाँ छोडिएको छ। नदीमा पानीको बहाव बढेपछि सिँचाइ विभागले टिस्टामा रेड अलर्ट जारी गरेको छ। यहाँ जलपाइगढीमा शनिबार बिहानैदेखि पानी परिरहेको छ।

दोमोहनीदेखि बंगलादेशको सीमासम्म टिष्टाको असुरक्षित क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। मेखलीगञ्जमा पनि रेड अलर्ट जारी छ। अविरल वर्षाका कारण जिल्लाका धेरै क्षेत्र डुबाउमा परेका छन्। ठूलो संख्यामा मानिसहरू राहत शिविरमा शरण लिएर बसेका छन्।

About Author

Advertisement