बीडब्ल्यूएफ वर्ल्ड च्याम्पियनशीपःनम्बर एक खेलाड़ीलाई पराजित गरी पदक सुनिश्चित गरे प्रणयले

IMG-20230826-WA0136.jpg

२६ अगस्तः भारतका अनुभवी ब्याडमिण्टन खेलाड़ी एचएस प्रणयले असाधारण प्रदर्शन गर्दै विश्वका नम्बर एक खेलाड़ी डेनमार्कका भिक्टर एक्सेलसनलाई क्वार्टर फाइनलमा पराजित गरी बीडब्ल्यूएफ वर्ल्ड च्याम्पियनशीपमा देशको निम्ति पदक सुनिश्चित गरे। सेमिफाइनलमा उनको भिड़न्त थाईल्याण्डका कुनलावत वितिदर्सनसँग हुनेछ। प्रणयले तीन गेमसम्म चलेको क्वार्टर फाइनल म्याचमा ओलम्पिक च्याम्पियनलाई १३-२१, २१-१५, २१-१६-ले पराजित गरे। यो म्याच ६८ मिनटसम्म चल्यो। प्रणयको वर्ल्ड च्याम्पियनशीपमा यो पहिलो पदक हुनेछ। एकलमा पीभी सिन्धुले एउटा स्वर्ण, दुईवटा रजत र दुईवटा काँस्य पदक जितेकी छन्। यसरी साइना नेहवालको नाममा एउटा रजत र एउटा काँस्य पदक रहेको छ। किदाम्बी श्रीकान्तले पनि एउटा रजत पदक जितेका छन्। यसबाहेक प्रकाश पादुकोण, बी साई प्रणीत र लक्ष्य सेनले काँस्य पदक जितिसकेका छन्।
यसबीच सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय जोड़ी चाहिँ वर्ल्ड च्याम्पियनशीपमा दोस्रो पदक जित्नदेखि चुक्यो। वर्ल्ड ऱ्यांकिंगमा दोस्रो नम्बरमा रहने भारतीय जोड़ीलाई क्वार्टर फाइनलमा डेनमार्कका किम एस्तरुप र आन्द्रियास रासमुसीनको जोड़ीले ४८ मिनटमा १८-२१, १९-२१-ले पराजित गऱ्यो। सात्विक र चिरागको जोड़ीले गत वर्ष वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement