मुख्यमन्त्री गरे तीनजना एमबीबीसए उतिर्ण विद्यार्थीहरूसँग भेट

IMG-20230825-WA0370.jpg

गान्तोक: एमबीबीएसको निम्ति उतिर्ण हुने राज्यका तीनजना विद्यार्थीहरूसँग मुख्यमन्त्री प्रेम सिंह तामाङले भेट गरे। एमबीबीएसको निम्ति उतिर्ण हुनेहरूमा लाचुङ निवासी छिरिङ वाङ्देन लेप्चा, बर पिपल निवासी नेहा कुमारी र आरिथाङ निवासी किसान बस्नेत सामेल रहेका छन्। उनीहरूले सिक्किम मनिपला इन्सटिट्युट अफ् मेडिकल साइन्समा पढनको निम्ति उतिर्ण गरेका हुन्। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा भएको भेटको क्रममा उनले विद्यार्थीहरूलाई आफ्नो क्षमताको सक्दो प्रदर्शन गर्न प्रोत्साहित गरे। उनले यसका लागि राज्य सरकारबाट पनि सक्दो सहयोग गर्ने आश्वासन दिए।

विद्यार्थीहरूलाई सफलताको दिशामा सहयोग पुर्‍याउने मुख्यमन्त्रीले प्रतिबद्धताले व्यक्त गर्दै भविष्यमा चिकित्सा पेशेमा समुदायको लगानीलाई मात्र देखाउँदैन तर भोलिको स्वास्थ्यको संरचना र गुणस्तरीय स्वास्थ्य सेवा शिक्षालाई पनि जोड दिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement