हत्यारालाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै मुसलमान समुदायकाहरूले निकाले मोमबत्ती रैली

SLG.jpg

सिलगढी: छात्रा हत्याकाण्डको विरोधमा आज मुस्लिम सम्प्रदायका मानिसहरूले मोमबत्ती रैली निकाले। सिलगढीको ४५ नम्बर वार्डस्थित चम्पासरी जामा मस्जिदका मुस्लिम सम्प्रदायका मानिसहरूले नाबालिका छात्रा हत्याकाण्डको दोषीलाई फाँसीको सजाय दिनु पर्ने मांग गर्दै हातमा प्ला कार्डहरू बोकेर मोमबत्ती रैली निकाले। यस अवधि चम्पासरी जामा मस्जिदको तर्फबाट करिम मोहम्मदले भने, हामी छात्रा हत्याको प्रतिवाद गर्दछौ। छात्राको हत्यारालाई फाँसीको सजाय हुनु पर्ने हामी मांग गर्दछौं। अपराधीको कुनै जात-धर्म हुँदैन तर कुनै पनि जात, सम्प्रदाय तथा धर्मका यस प्रकारको अपराध गर्ने व्याक्तिलाई फाँसीको सजाय हुनु पर्छ भन्ने हामी चाहन्छौ। तिनले यस प्रकारको घटनालाई लिएर कसैले पनि आपसी मतभेद नगरिदिने तिनले सबैसित अपील गरेका छन्।

About Author

Advertisement