दार्जीलिङ: मतिगढ़ा घटनाको विरोधमा दार्जिलिङ पहाड़मा अल पार्टीले २४ घण्टाको पहाड बन्द डाकेको छ। गत केही दिन अघि सिलगढीमा एक नेपाली नाबालिकाको निर्मम हत्या काण्डको आरोपीलाई कठोर कार्वाही गरिनुपर्छ भन्ने मांग लिएर आज हाम्रो पार्टी, गोजमुमो अनि क्रामाकपाले संयुक्त रूपमा २४ घण्टा पहाड बन्दको घोषणा गरेको छ। अल पार्टीको नेतृत्वहरूले २४ घण्टा पहाड बन्दको घोषणा गर्न अघि दार्जिलिङको चौरास्तामा श्रध्दाञ्जलिटी सभाको आयोजना गरेको थियो। उक्त श्रध्दाञ्जली सभामा हाम्रो पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स स्वयम् उपस्थित थिए। त्यसरी नै हाम्रो पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्री, महकुमा समिति अध्यक्ष पुरण तामाङ आदि उपस्थित थिए। त्यसरी नै क्रामाकपाको पक्षबाट शेखर छेत्री, अर्पण राई आदि उपस्थित थिए। त्यसरी नै गोजमुमोको पक्षबाट केन्द्रीय कार्यकर्ता दिपेन माले, नोमन राई आदि उपस्थित थिए। अल पार्टीको नेतृत्वहरूले २४ घण्टाको पहाड बन्दको घोषणा गर्न अघि मृतक नाबालिकाको तस्वीर अघि मोम बत्ती र खदा चढाउँदै श्रध्दाञ्जली अर्पण गरेका छन्। यसै क्रममा हाम्रो पार्टी महकुमा समिति अध्यक्ष पूचुरण तामाङले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भोली टटि शनिबार २६ अगस्तको बिहानदेखि २७ अगस्त आइताबारको बिहान ६ बजेसम्म पहाड बन्दको घोषणा गरेको बताएका छन्। अध्यक्ष तामाङले भने सिलगढीमा हाम्रो नाबालिका चेलीको निर्ममतापूर्ण हत्या गरेको छ अनि उक्त हत्याको घटनाले हामी सबैको मन कुडेर आएको छ। आरोपीलाई पुलिसले पक्राउ गरेको भएता पनि पुलिस प्रशासनले घटनाको निष्पक्ष जाँच गरेर दोषीलाई फाँसीको सजाय दिनुपर्छ भन्ने हाम्रो मांग रहेको छ। यसरी नै गोजमुमो केन्द्रीय कार्यकर्ता दिपेन मालेले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा हाम्रो नाबालिका चेलीलाई निर्मम हत्या गर्ने आरोपीलाई फाँसीको सजाय दिनुपर्छ भन्ने मांग लिएर हामीले २४ घण्टाको पहाड बन्द डाकेका हौं। बन्दलाई सफल बनाउने समस्त पहाडवासीहरूलाई आह्वान् गरेका छन्। मालेले अघि भने बन्दको अवधि एम्बुलेन्स सेवा, दूधको गाडी, पेपरको गाडी, पानीको गाडी आदि जस्ता जरूरी सेवाहरूलाई बन्दबाट अलग राखिएको बताए। जरूरत परेको खण्डमा आफुहरूले पिकेटिङ समेत गर्ने जानकारी मालेले दिएका छन्। त्यसरी नै क्रामाकपाको वरिष्ठ कार्यकर्ता शेखर छेत्रीले बन्दलाई सफल बनाउने समस्त पहाडवासीलाई आह्वान् गरेका छन्।