पर्जा पट्टा विषयमा भाजपाद्वारा खण्ड विकास अधिकारीमार्फत् मुख्यमन्त्रीलाई ज्ञापन पत्र

IMG-20230825-WA0322.jpg

हामीलाई ५ डेसिमल होइन सबै जमीनको पट्टा चाहिन्छ: सोनाम लामा

खरसाङ: बगानवासीलाई प्रदान गरिने भनिएको ५ डेसिमल जमीनको विरोधमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला कमिटी र खरसाङ मण्डल मिलेर खरसाङ खण्ड विकास अधिकारीमार्फत् राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्र बुझाउने टोलीमा भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, भाजपाअनुसूचित जाति संघ राज्य सदस्य राजेस गजमेर, आरबी लामा, मण्डल सभापति निशान्त सुनार र अर्का मण्डल सभापति सुमन राई उपस्थित रहेका थिए। खरसाङ खण्ड विकास अधिकारीमार्फत् ज्ञापन पत्र बुझाएपछि भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले पत्रकारहरूसित कुराकानी गर्दै आज पहाड़को बगानवासीलाई प्रदान गरिने ५ डेसिमल जमीनको विरोध गर्दै खरसाङ खण्ड विकास अधिकारीमार्फत् मुख्यमन्त्रलाई ज्ञापन दिइएको बताएका छन्। उनले ५ डेसिमलबाहेक पनि अन्य सबै जमीनको पनि पर्जा पट्टा प्रदान गरिनुपर्छ भनी मांग गरिएको बताएका छन्। उनले हामी पहाड़मा पुस्तौंदेखि बस्दै आएको र हामीलाई ५ डेसिमलबाहेक पनि सबै जमीनको पट्टा चाहिन्छ भनी बताएका छन्। उनले भने अनुसार खण्ड विकास अधिकारीले पनि हाम्रो ज्ञापनलाई दार्जिलिङ जिल्ला शासकमार्फत् मुख्यमन्त्रीलाई बुझाईदिने आश्वासन दिएको बताएका छन्।

About Author

Advertisement