इसरोको मद्दतले जादवपुर विविमा ऱ्यागिङ रोकिने, राज्यपालले दिए निर्देश

00-1-Rajya-Samachar-5

कोलकाताः कोलकाताको चर्चित जादवपुर विश्वविद्यालयमा ऱ्यागिङ रोक्नको निम्ति अब भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को मद्दत लिनेछ। यसको निम्ति राज्यपाल एवं विश्वविद्यालयका पदेन कुलाधिपति डा. सीवी आनन्द बोसले इसरो प्रमुख एस सोमवनाथसित चर्चा गरेका छन्। ऱाज भवनले शुक्रवार बतायो, डाक्टर बोसले यस सम्बन्धमा हैदराबादका एड्रिनसित पनि चर्चा गरेका छन्। उनले विश्वविद्यालयका अस्थाई कुलपति बुद्धदेव सावलाई यस मामिलालाई अघि बढ़ाउनका लागि अधिकृत गरेका छन्। बिहिवार नै राज भवनमा विश्वविद्यालयका नवनियुक्त अस्थाई कुलपति साव सहित अन्य धेरै अधिकारीहरूको बैठक भएको थियो। यसमा पश्चिम बंगालका विश्वविद्यालयहरूमा ऱ्यागिङ रोक्नका लागि इसरोको तकनीकको प्रयोग गर्नेमाथि चर्चा भएको छ।

चन्द्रयान मिशनको सफलतापछि इसरोले पश्चिम बंगालमा विश्वविद्यालय परिसरहरूमा ऱ्यागिङ रोक्नको निम्ति उन्नत तकनीकको समर्थनको पेशकश गरेको छ। राज्यपाल डा. बोसले विश्वविद्यालय परिसरहरूमा ऱ्यागिङको खतरालाई प्रभावी ढंगले नियन्त्रित गर्ने र समाप्त गर्नका लागि उपयुक्त तकनीकको पहिचान गर्नको निम्ति इसरोका अध्यक्ष सोमनाथसित सम्पर्क गरेका छन्। इसरोले भीडियो एनालिटिक्स, छवि मिलान स्वचालित लक्ष्य पहिचान र रिमोट सेन्सिङ जस्ता धेरै श्रोतहरूको प्रयोग गरी एक उपयुक्त प्रौद्योगिकी समाधान विकसित गर्ने प्रयास गरिरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement