पश्चिम बंगालमा वर्षाका कारण नदीहरूमा जलस्तर वृद्धि

lslide_577

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा लगातार वर्षाका कारण नदीहरूमा जलस्तर वृद्धि भएका छन्। कतिपय ठाउॅॅंहरूमा बाढ़ जस्तो स्थिति उत्पन्न भएको छ। सरकारले नदी छेउछाउ बस्ने मानिसहरूका लागि केही ठाउॅंहरूमा शिविर स्थापित गरेका छन्।

अलीपुरस्थित मौसम विज्ञान विभागको क्षेत्रीय मुख्यालय अनुसार, कोलकातामा न्यूनतम तापक्रम २८.१ डिग्री सेल्सियस छ। यो सामान्यभन्दा एक डिग्री सेल्सियस धेरै हो। अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सियस छ, जुन लगभग सामान्य हो। गए २४ घण्टामा ३.२ मिलीमिटर पानी रेकर्ड गरिएको छ। हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा र उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा लगातार पानी परिरहेको छ।

-हिस

About Author

Advertisement