सुकेपोखरी: “सुकेपोखरी प्रेस वेलफेयर सोसाइटी”द्वारा शुक्रबार सम्वर्द्धना कार्यक्रम सफलतापूर्वक स्थानीय खण्ड विकास कार्यालयको भवनमा सम्पन्न भयो। उक्त कार्यक्रम सोसाइटीका सभापति राजेश जोशीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन पत्रकार दिपेन प्रधान अनि फुर्बा छिरिङ शेर्पाले गरेको थिए। सुकेपोखरी प्रेस वेलफेयर सोसाईटीको पक्षबाट समारोहका प्रमुख अतिथि जोरबोङलो सुकेपोखरी खण्ड विकास अधिकारी सामीरुल इस्लाम अनि विशिष्ट अतिथि सुकेपोखरी थाना प्रभारी बन्दना प्रधान, अतिथिहरु सुकेपोखरी ट्राफिक ओ०सी० पेम्बा लामा, अन्य वरिष्ठ पत्रकार दार्जीलिङ प्रेस गिल्डका सचिव केशर मोक्तान, न्याक न्यूज प्रमुख दिवस लामा अनि हाम्रो न्यूजका पत्रकार अमर प्रधानलगायत विभिन्न एजीओहरुलाई सम्वर्द्धना पत्र प्रदान गरि सम्मान जनाईयो। आजको कार्यक्रममा सुकेपोखरी प्रेस वेलफेयर सोसाइटीको उपसभापति प्रितम थापा, सचिव लाक्पा छिरिङ शेर्पा, प्राविधिक पासाङ छिरिङ शेर्पा, नर्बा शेर्पालगयात अन्य वरिष्ठ पत्रकारहरु उपस्थित रहेका थिए।










